दफा १३९
विष्फोटक पदार्थको कारोबार गर्न नहुने

(१) कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजत पत्र प्राप्त गरेको भएपनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देजविपरीत हुने गरी विष्फोटक पदार्थको कारोबार गर्न वा गराउन हुँदैन।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “कारोबार” भन्नाले खरिद गर्ने गराउने,बिक्री गर्ने, राख्ने, प्रयोग गर्ने, सञ्चय गर्ने, भण्डारण गर्ने, ओसार पसार गर्ने, परिवर्तन गर्ने, मिसावटगर्ने, निकासी वा पैठारी गर्ने काम सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना,
(ख) नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना,
(ग) सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना ।